neapl investment mega bank
  • गृहपृष्ठ
  • नर्भिक हष्पिटलद्धारा मन्त्रालयले गरेको पत्राचारप्रति खेद व्यक्त

नर्भिक हष्पिटलद्धारा मन्त्रालयले गरेको पत्राचारप्रति खेद व्यक्त

May 9th, 2021

काठमाडौ, बैशाख २६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना कुनै पनि निजी, सामुदायिक र गैरसरकारी अस्पतालमा मन्त्रालयको सिफारिस नभै अक्सिजन नदिनु भनि अक्सिजन उत्पादक संघ र कम्पनीहरुलाई गरेको पत्राचार प्रति हामी खेद व्यक्त गरेको छ ।

मुलुक कोभिड संक्रमणबाट आक्रान्त भएको अवस्थामा सरकारी तथा निजी क्षेत्र, सबै पक्ष एक जुट भएर उपचार सेवामा लाग्नु पर्नेमा एकपक्षीयरुपमा स्वास्थ्य मन्त्रालयबाट जारी निर्देशनले सामुदायिक तथा निजी क्षेत्रबाट संचालित स्वास्थ्य संस्थाहरुलाई हतोत्साहित गर्ने काम गरेको छ । साथै, स्वास्थ्य मन्त्रालयको सम्बद्धतामा सेवा प्रदान नगरेका कोभिड अस्पताललाई कोभिड उपचारमा अति आवश्यक मानिएको “च्झमभकष्खष्च” औषधि समेत आपूर्ति नगर्ने आदेशले कोभिड उपचार कार्यमा सँलग्न अस्पतालहरूलाई थप असहजता सृजना गरेको छ । अत्यावश्यक औषधि एवं प्राणवायु अक्सिजनको अभावमा निजी अस्पताललहरुले चाहेर पनि बिरामी थप बिरामी भर्ना गर्न नसक्ने अवस्थाको सृजना भएको छ ।

कोभिढ—१९ को पहिलो लहर देखि नै कोभिड उपचारमा फ्रन्टलाइनमै रहेर सेवा दिदैं आइरहेका निजी अस्पतालहरुको भूमिकालाई सबैले तारिफ गरेको तथ्य कसैबाट छिपेको छैन । महामारीको यस भयावह दोश्रो लहरमा सरकारी निजी भनेर बिभेद गर्नुको साटो राज्यले सरोकारवाला सबै पक्षलाई एकीकृत गरि विस्वासमा लिएर यस महामारी विरुद्ध युद्ध स्तरमा लाग्नुपर्ने वर्तमान समयमा परिस्थितीलाई झन जटिल नबनाउन हामी नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, सिसिएमसी लगायत सम्पूर्ण निकायहरूमा अनुरोध गर्दछौं, हष्पिटलले भनेको छ ।

राज्यले गम्भीर भै आफ्नो पूर्व निर्णयहरू सच्याई समस्याको समाधान तत्काल नगरेमा त्यसबाट उत्पन्नहुने कुनै पनि प्रतिकूल परिणामको सम्पूर्ण दायित्व पनि राज्यले नै व्यहोर्नु पर्ने कुरा हामी विनम्रतापूर्वक निवेदन गर्दछौं । साथै, उक्त समस्या समाधानको लागि आवश्यक छलफल गरि समस्या समाधान गर्ने तर्फ अग्रसर भै दिन पूर्व मेचि देखी पश्चिम महाकालीसम्म फैलिएका दुई सय भन्दा बढी निजी अस्पतालहरुको छाता संगठन (अफिन) हार्दिक आह्वान समेत गरेको छ ।