neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटिजन लाइफको व्यवसायमा छलाङ, जीवन बीमा कोषमा एक सय ३८ प्रतिसतको वृद्धि

सिटिजन लाइफको व्यवसायमा छलाङ, जीवन बीमा कोषमा एक सय ३८ प्रतिसतको वृद्धि

May 9th, 2021

काठमाडौ, बैशाख २६

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/०७८ को तेश्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा एक सय ३८ प्रतिसतले वृद्धि गरेको छ ।

गतवर्षको चैत्रमसान्तमा कम्पनीको जीवन बीमा कोष एक अर्ब २६ करोड ४९ लाख रहेकोमा यस चैत्र मसान्तमा सो रकम तीन अर्ब एक करोड ११ लाख रुपैयाँ पुगेको छ । यसकासाथै कम्पनीले गत वर्षको चैत्र मसान्तसम्ममा कुल बीमा शुल्क एक अर्ब १८ करोड ५३ संकलन गरेकोमा यस वर्षको सोही अवधिमा दुुई अर्ब ४८ करोड ७४ लाख संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बीमा शुल्क आर्जन एक सय १० प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बीमा कोषमा एक सय ३८ प्रतिसतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ५० करोड ८ लाखबाट ६४ प्रतिसतले बढाएर ८३ करोड २० लाखको उचाई चुमाएको छ । साथै कम्पनीले लगानी र बीमा लेखको धितो तथा अन्य कर्जाबाट प्राप्तहुने आयमा ५५ प्रतिशतको वृद्धि गरी ३७ करोड दुई लाख रुपैयाँ पु¥याएको छ ।

कम्पनीले यस चैत्र मसान्तसम्ममा १४ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम पाँच अर्ब ४० करोड ७१ लाख मध्ये करिब ७५ दसमलव २८ प्रतिसत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामीदिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम संचालन गरेको छ । यो कोरोनाको विषम परिस्थितीमा विभिन्न सेवालाई अनलाइनमार्फत सेवा लिन सकिने गरि थप व्यवस्था समेत गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।