neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

इन्टर मिलानको फराकिलो जित

May 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २६ वैशाख

इटालियन सिरी (ए) फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा मिलानले साम्पडोरियालाई ५-१ गोलले पराजित गरेको हो ।

इन्टर मिलानलाई जित दिलाउन एलेक्सिस सान्चेजले दुई गोल गरे ।रोबर्टो गागलियर्डिनी,एन्ड्रिया पिनामोन्टी र लाउटरो मार्टिनेजले एक-एक गोल गरे । साम्पडोरियाका केइटा बाल्डे डायओले एक गोल फर्काए ।

जितसँगै इन्टर मिलानले ३५ खेलबाट ८५ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ । पराजित साम्पडोरियाको ३५ खेलबाट ४५ अंक छ नवौं स्थानमा छ ।

इन्टर मिलानले यस अघि नै चार खेल अगावै इटालियन सिरी ए फुटबलको उपाधि जितिसकेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi