neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग पराजित

शीर्ष स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग पराजित

May 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २६ वैशाख

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएको छ। शनिबार राति भएको खेलमा चेल्सी सिटीलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन हकीम जियाच र मार्कोस अलोन्सोले एक-एक गोल गरे।सिटीका रहीम स्टर्लिंगले एक गोल फर्काए।

खेलमा पहिलो अग्रता सिटीले लिएको थियो । खेलको ४४ औं मिनेटमा सिटीका रहीम स्टर्लिंगले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ६३ औं मिनेटमा चेल्सीका हकीम जियाचले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि इन्जुरी समयमा मार्कोस अलोन्सोले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

जितसंगै चेल्सीले ३५ खेलबाट ६४ अंक जोडेको छ र तेस्रो स्थानमा छ । पराजित पछि पनि म्यानचेस्टर सिटीको ३५ खेलबाट ८० अंक छ र तेस्रो स्थानमा छ ।अब सिटीलाई उपाधि जित्न एक खेलमा जित निकाले पुग्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi