neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बायर्नलाई लगातार नवौं पटक बुन्डेस लिगा फुटबलको उपाधि

बायर्नलाई लगातार नवौं पटक बुन्डेस लिगा फुटबलको उपाधि

May 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २६ वैशाख

बायर्न म्युनिखले बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको खेलमा दोस्रो स्थानको आरबी लाइपजिगलाई बोरुसिया डर्टमण्डले ३-२ ले पराजित गरेपछि बायर्न म्युनिखले लगातार नवौं पटक बुन्डेस लिगा फुटबलको उपाधि जितेको हो ।

बोरुसिया डर्टमण्डलाई जित दिलाउन जादोन सान्चोले दुई र मार्को रियसले एक गोल गरे ।आरबी लाइपजिगका लुकास क्लोस्टरम्यान र डानि ओल्मोले एक-एक गोल फर्काएका थिए ।

यससंगै बायर्नले ३० औं पटक बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ ।

बायर्नले ३२ खेलबाट ७४ अंक जोडेको छ र शीर्ष स्थानमा छ।आरबी लाइपजिगको ३२ खेलबाट ६४ अंक छ र दोस्रो स्थानमा छ ।पराजित बोरुसिया डर्टमण्डको ३२ खेलबाट ५८ अंक छ र चौंथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi