neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमबि बैंकद्वारा विभिन्न खातामा बिमा दावी भुक्तानी

एनएमबि बैंकद्वारा विभिन्न खातामा बिमा दावी भुक्तानी

May 6th, 2021

काठमाडौ, बैशाख २३

एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भिर रोगहरु विरुद्घ प्रदान गरिने विमा दावी भुक्तानी दुर्धटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ । सहारा बचत खाता अन्तर्गत हालसम्म देशैभरीबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा रु.६१,०३,८४१.०० विमा दावी भुक्तानी भईसकेको छ । बैंकले उक्त भुक्तानीे ईन्स्योरेन्स पार्टनर शिखर ईन्स्योरेन्स मार्फत गरेको हो ।
आफ्नो स्थापना काल देखी नै ग्राहक केन्द्रित भएर काम गरिरहेको यस बैंकले ग्राहकलाई उच्च विमा कभरेज र भविश्यका अनिश्चितताको विरुद्घ संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ ।

बैंकको तलव खाता योजनामा शुन्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम कार्ड को साथै सात लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, कार्ड दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार विमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुंच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, बिस्तारित सेवा तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहक माझ सेवा पु¥याउदै आईरहेको छ । बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू रहेका छन् ।