neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रियल मड्रिडलाई पराजित गर्दै चेल्सी फाईनलमा

रियल मड्रिडलाई पराजित गर्दै चेल्सी फाईनलमा

May 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २३ वैशाख

चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको दोस्रो लेगमा रियल मड्रिडलाई २-० ले पराजित गर्दै समग्रमा ३–१ को जित निकाल्दै चेल्सी फाईनल प्रवेश गरेको हो ।

चेल्सीलाई जित दिलाउन टिमो वर्नर र मेसन माउन्टले एक-एक गोल गरे । चेल्सीले एक गोल पहिलो हाफ र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको २८ औँ मिनेटमा टिमो वर्नरले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको ८५ औँ मिनेटमा मेसन माउन्टले पुलिसिकको पासमा गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र चेल्सीले जित निकालेको हो ।

जितसँगै चेल्सी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।अब चेल्सीले उपाधिका लागि म्यान्चेष्टर सिटीसंग खेल्नेछ ।

सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई २-० ले पराजित गर्दै समग्रमा ४–१ को जित निकाल्दै सिटी फाईनल प्रवेश गरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi