neapl investment mega bank
  • गृहपृष्ठ
  • डब्लु आईपीओका अनुसार लगातार दोस्रो बर्ष विश्वभरका उत्कृष्ट १० पीसीटी फाइलर्समा ओपो समावेस

डब्लु आईपीओका अनुसार लगातार दोस्रो बर्ष विश्वभरका उत्कृष्ट १० पीसीटी फाइलर्समा ओपो समावेस

May 4th, 2021

काठमाडौ, बैशाख २१

अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले आफू सञ्चालनमा रहेका ४० देश तथा क्षेत्रमा बौद्धिक सम्पत्तिको सम्मान तथा रक्षा गर्दै आफ्ना समग्र नयाँ सफलताहरुको समिक्षा गरी २१ औं वल्र्ड ईन्टेलेक्चुअल प्रपर्टी (आईपी) दिवस मनाएको छ । वल्र्ड ईन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेशन (डब्लुआईपीओ) का अनुसार ओपो यसपटक पनि लगातार दोस्रो बर्ष अर्थात् सन् २०१९ र २०२० का लागि उत्कृष्ट १० प्याटेन्ट को अपरेशन ट्रिटीमा पर्न सफल भएको छ ।

सन् २०२१ मार्च ३१ सम्ममा ओपोले ६१ हजार प्याटेन्ट्स फाइल गरी सकेको छ र ग्लोबल्ली २६ हजार प्याटेन्टको स्वामित्व कम्पनीको अधिनमा छ । ती मध्य ८९ प्रतिसत प्याटेन्ट एप्लिकेशन्स वा ५४ हजार यूटिलिटी प्याटेन्ट्स रहेकाछन् । यसले मोबाइल उपकरण निर्माताको अभूतपूर्व सफलताको प्रतिनीधित्व गर्छ ।

‘विश्व आईपी दिवस, आम मानिसमा आईपी एसेट्स जोगाउन सचेतना जगाउनका लागि एउटा राम्रो अवसर हो । बृहत्त आईपी पोर्टफोलियोका साथ विकासको दु्रत गतिमा रहेको प्राविधिक कम्पनीकारुपमा ओपो भविष्यका लागि प्राविधिक अन्वेषण र विकासका निमित्त थप लगानी गर्न प्रतिबद्ध छ’, ओपोको ईन्टेलेक्चुअल प्रपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भने, ‘यिनैका आधारमा हामी आफ्ना विश्वभरका प्रयोगकर्ताहरुका लागि हाम्रा उत्कृष्ट नवप्रवर्तनहरु निरन्तररुपमा पस्किरहने छौँ ।’ विगतका बर्षहरुमा ओपोले भर्चुओस ईन्नोभेशनको नीति पछ्याउँदै आफूलाई वैश्विक ब्राण्डका रुपमा स्थापित गरिसकेको छ । कम्पनीले फाइभजी, फ्ल्याश चार्ज, एआई तथा ईमेज लगायत क्षेत्रमा औद्योगिक रुपमा अग्रणी विशेषज्ञता पनि हासिल गरिसकेको छ ।

५जीका प्रबर्तकका रुपमा ओपोले ग्लोबल प्याटेन्ट एप्लिकेशन्सका तीन हजार सात सय भन्दा बढी फेमिलिज फाइल गराइ सकेको छ, यूरोपियन टेलिकम्यूनिकेशन्स स्ट्याण्डर्ड ईन्ष्टिच्यूट (ईटीएसआई) अन्तर्गत फाइभजी स्ट्याण्डर्ड प्याटेन्टका एक हजार पाँच सय भन्दा बढीको संख्यामा फेमिलिज घोषणा र तीन हजार भन्दा बढी फाइभजी स्ट्याण्डर्ड सम्बन्धी प्रस्ताव थर्ड जेनेरेशन पार्टनरशिप प्रोजेक्ट (थ्रीजीपीपी) लाई हस्तान्तरण गरिसकेको छ । साथै, अग्रणी जर्मन रिसर्च ईन्स्टिच्यूट आईप्लिटिक्सका अनुसार ५ जी प्याटेन्ट फेमिलिज अन्तर्गत सन् २०२१मा धोषणा गरिएको संख्याका आधारमा ओपो उत्कृष्ट १० कम्पनी मध्यको पनि एक हो ।

फ्ल्याश चार्ज अन्तर्गत ओपोले विश्वभर तीन हजार प्याटेन्टका लागि निवेदन दिइ सकेको छ भने, एक हजार पाँच सय भन्दा बढी प्याटेन्टको स्वामित्व हात पारिसकेको छ । त्यसैगरी, कम्पनीले ४० भन्दा बढी कम्पनीलाई फ्ल्याश चार्ज प्रविधिको अनुमतिपनि प्रदान गरिसकेको छ । सन् २०२१ मा ओपोले आफ्नो नयाँ प्रोजेक्ट—द फ्ल्याश ईनिशिएटिभ अन्तर्गत आफ्नो स्वामित्वमा रहेको भोक प्रविधि अटोमोबिल्स, पब्लिक स्पेस र विभिन्न प्रकारका प्रविधिका लागि प्रयोगहुने चिप्सका लागि पनि उपलब्ध गराउन थालेको छ ।

एआई अन्तर्गत ओपोले दुुई हजार चार सय ५० भन्दा बढी ग्लोबल प्याटेन्ट एप्लिकेशन्स विशेषगरी, कम्प्युटर भिजन, स्पिच प्रविधि र मेसिन लर्निगं लगायत क्षेत्र अन्तर्गत दर्ता गराइसकेको छ । त्यसैगरी ओपोले आफ्ना सुरुवाती दिनदेखि नै विशेष प्राथमिकता दिँदै आएको र विज्ञता हासिल क्षेत्र ईमेज अन्तर्गत आठ हजार तीन सय ईमेज प्याटेन्ट्स विश्वभर दर्ता गराइसकेको छ भने, दुुई हजार नौ सय प्याटेन्टको स्वामित्वपनि हात पारिसकेको छ ।

एक टेक ब्राण्डका रुपमा ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ भन्ने आफ्नो अवधारणा पछ्याउँदै आफ्ना भर्चुओस ईन्नोभेशन मार्फत नवप्रबर्तनात्मक उत्पादन तथा सेवा पस्कँदै सबैको फाइदाका लागि ओपो सदैव तत्पर छ ।