neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ७ हजार ६६० जनामा कोरोना सङ्क्रमण, १७७५ जना डिस्चार्ज,५५ को मृत्यु

थप ७ हजार ६६० जनामा कोरोना सङ्क्रमण, १७७५ जना डिस्चार्ज,५५ को मृत्यु

May 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २१ वैशाख

मंगलबार थप ७ हजार ६६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १६ हजार ७०२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या तीन लाख ५१ हजार ५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १६ हजार ७०२ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २५३ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ जना छन् । हालसम्म २५ लाख ३७ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १७७५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १७७५ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ८७ हजार ७९० पुगेको छ ।

थप ५५ को मृत्यु

पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ४१७ पुगेको छ।