neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

११ वर्षपछि इन्टरलाई सिरी ‘ए’ को उपाधि

May 3rd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २० वैशाख
इन्टर मिलानले इटालियन सिरी (ए) फुटबलको उपाधि जितेको छ ।आईतबार राति भएको खेलमा दोस्रो स्थानको एट्लान्टा साउसुलोसँग १-१ को बराबरीमा रोकिएपछि इन्टर मिलानले चार खेल अगावै इटालियन सिरी ए फुटबलको उपाधि जितेको हो ।

खेलको २२ मिनेटमा एट्लान्टा १० खेलाडीमा सीमित भएको थियो । एट्लान्टाका पियरलुइगी गोलिनीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

खेलको ३२ औँ मिनेटमा एट्लान्टाका रोबिन गोसेन्सले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर,दोस्रो हाफको ५२ औँ मिनेटमा साउसुलोका डोमिनिको बेरारडीले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ७५ औँ मिनेटमा साउसुलो पनि १० खेलाडीमा सीमित भएको थियो । साउसुलोका मार्लन सान्तोसले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र खेल बराबरीमा रोकिएको हो ।

बराबरीसँगै इन्टर मिलानले ११ वर्षपछि चार खेल अगावै इटालियन सिरी ए फुटबलको उपाधि जितेको हो ।यस अघि इन्टर मिलानले सन् २०१० मा सिरी ए को उपाधि जितेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi