neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पश्चिमी वायुको प्रभावले मुलुकभर वर्षा हुने संभावना

पश्चिमी वायुको प्रभावले मुलुकभर वर्षा हुने संभावना

May 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १९ वैशाख

स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकभर मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भेगमा आज वर्षा भएको छ ।

आज दिउँसो पनि पहाडी भू-भागका केही स्थानमा मेघगर्जन,चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो क्रम मंगलबारसम्म कायम रहने महाशाखाले जनाएको छ ।

तीन दिनको मौसम पूर्वानुमान :

बैशाख १९ गते (आइतबार)

दिउँसोस् देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ। वाग्मती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागका केही स्थानमा मेघगर्जन ,चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

बैशाख २० गते (सोमबार)

दिउँसोस् देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन ,चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन ,चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ।

बैशाख २१ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन ,चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायतका अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन ,चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi