neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

हावर्टज चम्किदा चेल्सीको जित

May 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १९ वैशाख

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।शनिबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले फुलहमलाई २-० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन काई हावर्टजले दुई गोल गरे ।हावर्टजले एक गोल पहिलो हाफमा र एक गोल दोस्रो हाफमा गरेका हुन् ।

खेलको दशौं मिनेटमा हावर्टजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ४९ औं मिनेटमा हावर्टजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

जितसंगै चेल्सीले ३४ खेलबाट ६१ अंक जोडेको छ र चौंथो स्थानमा छ । पराजित फुलहमको ३४ खेलबाट २७ अंक छ र १८ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi