neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

इन्टर मिलानलाई १३ अंकको अग्रता

May 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १९ वैशाख

इटालियन सिरि ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले १३ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा इन्टर मिलानले क्रोटोनलाई २-० गोलले पराजित गरेको हो ।

इन्टर मिलानलाई जित दिलाउन क्रिश्चियन एरिक्सन र अच्राफ हकीमीले एक-एक गोल गरे । इन्टर मिलानले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ६९ औँ मिनेटमा क्रिश्चियन एरिक्सनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा अच्राफ हकीमीले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै इन्टर मिलानले ३४ खेलबाट ८२ अंक जोडेको छ र शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ ।पराजित क्रोटोनको ३४ अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi