neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेयमार र मार्क्विनहोसको गोलमा पीएसजीको जित

नेयमार र मार्क्विनहोसको गोलमा पीएसजीको जित

May 2nd, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत १९

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा पीएसजीले लेन्सलाई २-१ गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन नेयमार र मार्क्विनहोसले एक एक गोल गरे । लेन्सका इग्नेटियस गानगोले एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा नेयमारले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५९ औं मिनेटमा मार्क्विनहोसले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको ६१ औं मिनेटमा लेन्सका इग्नेटियस गानगोले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र पीएसजीले जित निकालेको हो ।

जितसँगै पीएसजीले ३५ खेलबाट ७५ अंक जोडेको छ र दोस्रो स्थानमा छ । पराजित लेन्सको ३५ खेलबाट ३६ अंक सहित पाँचौ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi