neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • आइतबारदेखि निषेधाज्ञामा थप कडाइ गरिने

आइतबारदेखि निषेधाज्ञामा थप कडाइ गरिने

May 1st, 2021

आधारभुमि संवाददाता
काठमाडौँ, १८ वैशाख

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने छ ।

शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको हो ।

प्रमुख जिल्ला अधिकारीका अनुसार शनिवार तथा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन गुडेका भए त्यसलाई होल्ड गरिने बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi