neapl investment mega bank
  • गृहपृष्ठ
  • नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्न सम्झौता

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्न सम्झौता

Apr 30th, 2021

काठमाडौ, बैशाख १७

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने भएको छ । शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने विषयमा सम्झौता गरेको हो । बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नबिलले युनाइटेडलाई ३५ रुपैयााँ स्वाप रेसियोमाप्राप्तीगर्न लागेको हो ।

प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ । उक्त सम्झौतापश्चात प्राप्तीका लागि नेपाल राष्ट्र बैंकमा स्विकृतिका लागि प्रकृया अगाडि बढाइने छ र समयमै स्विकृती पाएमा यथासिघ्र संयुक्त कारोवार नबिल बैंकले गर्नेछ ।

सोहीअनुसार नबिल बैंकको शाखा सञ्जाल बृद्धि भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यकाभित्र मात्र शाखा सञ्जाल बृद्धि भई ३७ हुनेछ । एटिएम संख्या भने १९० हुनेछ । निक्षेपको आकार दुई खर्ब १६ अर्ब हुनेछ भने कर्जाको आकार दुुई खर्ब एक अर्ब हुनेछ (चैत्र मसान्तको बित्तिय विवरण अनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको आकार दुुई खर्ब माथि हुनेछ ।

नबिल बैंकले मर्जर तथा प्राप्ती प्रकृयामा जान पहिलो पटक यस बर्षको साधारण सभाबाट पारित गरेको थियो । बैकले सोही बर्ष नै प्राप्ती सम्झौताको घोषणा पनि गरेको छ । यो प्राप्ती स“गै नबिल बैंकले बजारमा आफ्नो नविन सेवा र थप शाखा सञ्जालमार्फत नयँ“ रणनिती अनुसार बजारमा उपस्थित हुने छ ।