neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पूर्वमहारानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार , प्रेरणाको अवस्था निकै सामान्य

पूर्वमहारानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार , प्रेरणाको अवस्था निकै सामान्य

Apr 30th, 2021

काठमाडौं, बैशाख १७

कोरोना संक्रमण भई यस नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वमहारानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उहाँलाई यो विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको नर्भिक इन्टरनेशल हस्पिटलले जनाएको हो ।

उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । आज पनि उहाँलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँ पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा हुनुहुन्छ ।

पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उहाँलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन । उहाँहरु तीनैजना गत शनिवारदेखि नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । त्यसको केही दिनअघि उहाँहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi