neapl investment mega bank
  • गृहपृष्ठ
  • भोलिदेखि सीइडीबी हाइड्रोपावरको साधारण शेयर निष्काशन हुने

भोलिदेखि सीइडीबी हाइड्रोपावरको साधारण शेयर निष्काशन हुने

Apr 29th, 2021

काठमाडौ, बैशाख १६

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि शुक्रबारबाट साधारण सेयरको बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको २५ लाख १८ हजार दुुई सय ३० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । सो मध्ये कम्पनीले दुुई प्रतिसत अर्थात ५० हजार तीन सय ६५ कित्ता सेयर कर्मचारी र पाँँँच प्रसितसले हुने एक लाख २५ हजार नौ सय ११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ ।

कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी दुुई वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रकशन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटृड गरी तीन वटा आयोजनाहरु निमार्ण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका–०२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।

कम्पनीले सन् २००९ मा स्थापनासीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आ.ब. मा प्रति शेयर आम्दानी १३ रुपैयाँ पाँच पैसा र प्रति शेयर खुद सम्पत्ति एक सय ३८ रुपैयाँ ७९ पैसा रहेको छ । कम्पनीले आ.व. २०७५–०७६ मा १० दसमलव ५४ प्रतिशत र २०७६–०७७ मा सात दसमलव ३७ प्रतिशत नगद लाभाँश बितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आ.ब. मा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ । साधारण शेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण शेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।

कम्पनीको साधारण शेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । प्रतिकित्ता एक सय अंकित दरको २५ लाख १८ हजार दुुई सय ३० कित्ता साधारण शेयर २०७८ वैशाख १७ गतेदेखि निष्काशन हुने हुँदा इच्छुक लगानीकर्ताले २०७८ वैशाख १७ गतेदेखि सि—आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट साधारण शेयरमा लगानीका लागि आवेदन दिन सक्नेछन् । उक्त सीइडीबीको साधारण शेयर निष्काशन बन्द मिति छिटोमा वैशाख २१ गतेसम्म रहने छ ।