आधारभूमि संवाददाता
काठमाडौ, १५ वैशाख
राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै बुधबारको गण्डकी प्रदेशसभाको बैठक रोक्न माग गरेको छ ।
संसदीय दलकी सचेतक पियारी थापाले सभामुखलाई पत्र लेखी सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा उनी नभेटिएसम्म संसदको कारबाही रोक्न माग गरेकी हुन् ।
मंगलबार संसदीय दलको बैठक बसेर अविश्वासको प्रस्तावका पक्षमा एक भएर जाने छलफल भएको तर शाही बुधबार एक्कासी सम्पर्कविहीन भएको बताए । ‘हिजो एक भएर जाने निर्णय भएको थियो, आज के भएर आउनु भएन, कतै बिरामी पो हुनुभयो कि खोज्नुपर्यो’ उनले भनिन् ।
