neapl investment mega bank
  • गृहपृष्ठ
  • बिपी प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृत्यु

बिपी प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृत्यु

Apr 27th, 2021

धरान, १४ वैशाख /रासस

यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उहाँको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलले जानकारी दिनुभयो ।

डा पोखरेलका अनुसार यसअघि धनुषा जनकपुरधाम–८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । उहाँलाई यही वैशाख ९ गते अस्पतालन भर्ना गरिएको थियो । उहाँ पनि उच्च रक्तचापको बिरामी रहनुभएको थियो । दुवै शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको छ । प्रतिष्ठानमा पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । हालसम्म १२५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।