काठमाडौँ, १२ वैशाख
राप्रपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन सुझाएका छन्। उनले आज सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन्।
कोरोना अनियन्त्रित र विकराल बन्दैछ, उनले भने, यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न बुझ्न चाहन्छन्, दुस्खको बेला जनता भरोसा खोजिरहेछन्
्