काठमाडौँ, १० वैशाख /रासस
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गर्नुभयो । उहाँले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई रु १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका विरामी रुपसिंह टामटालाई रु १० हजार सहयोग प्रदान गर्नुभएको हो ।
लामो समयदेखि बिरामी भएर काठमाडौँमा उपचार गराइरहनुभएका दुवै जनालाई उपचारमा केही सहज होस् भन्ने उद्देश्यले उक्त रकम मन्त्रीले प्रदान गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले बताउनुभयो ।