neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको इन्टर मिलान स्पिजियासँग बराबरीमा रोकियो

शीर्ष स्थानको इन्टर मिलान स्पिजियासँग बराबरीमा रोकियो

Apr 22nd, 2021

आधारभूमि संवाददाता
काठमाडौं, बैशाख ९


इटालियन सिरी (ए) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको इन्टर मिलान स्पिजियासँग बराबरीमा रोकिएको छ। बुधबार राति भएको खेलमा इन्टर मिलानले स्पिजियासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

खेलमा इन्टर मिलानको लागि इवान पेरिसिले एक गोल गरे भने स्पिजियाको लागि डिएगो फरियासले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता स्पिजियाले लिएको थियो । खेलको १२ औं मिनेटमा डिएगो फरियासले गोल गर्दै स्पिजियालाई अग्रता दिलाएका थिए।तर, खेलको ३९ औं मिनेटमा इन्टर मिलानका इवान पेरिसिले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीपछि पनि इन्टर मिलान शीर्ष स्थानमा छ र १० अंकको अग्रता बनाएको छ । इन्टर मिलानको ३२ खेलबाट ७६ अंक छ ।स्पिजियाको ३२ खेलबाट ३३ अंक छ र १५ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi