neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पीएसजी फ्रेन्च कप फुटबलको सेमिफाइनलमा ,इकार्डीले गरे ह्याट्रिक

पीएसजी फ्रेन्च कप फुटबलको सेमिफाइनलमा ,इकार्डीले गरे ह्याट्रिक

Apr 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ९ वैशाख

पीएसजी फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलमा (पेरिस सेन्ट जर्मेन) पीएसजीले एन्जर्सलाई ५-० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पीएसजीलाई जित दिलाउन मउरो इकार्डीले ह्याट्रिक र नेयमारले एक गोल गरे ।पीएसजीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको नवौं मिनेटमा मउरो इकार्डीले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।२३ औं मिनेटमा एन्जर्सका भिन्सेन्ट म्यान्साउले आत्मघाती गोल गरेपछि पीएसजी २-० ले अघि बढ्यो।

दोस्रो हाफको ६५ औं मिनेटमा नेयमारले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।त्यसको तीन मिनेटपछि इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।

त्यसपछि खेलको ९० औं मिनेटमा इकार्डीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र टोलीलाई ५-० को सानदार जित दिलाए ।

जितसँगै पीएसजीले पीएसजी फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi