neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा,बेन्जिमाले गरे दुई गोल

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा,बेन्जिमाले गरे दुई गोल

Apr 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ९ वैशाख

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।बुधबार राति भएको खेलमा रियल मड्रिडले काडिजलाई ३-० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

रियल मड्रिडलाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल र एल्वारो मोराटाले एक गोल गरे ।

खेलको ३० औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।त्यसको ३ मिनेटपछि एल्वारो मोराटाले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि खेलको ४० औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३-० को जित दिलाए ।

जितसँगै रियल मड्रिडले ३२ खेलबाट ७० अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको एट्लिटो म्याड्रिडको ३१ खेलबाट ७० अंक छ।काडिजको ३६ अंक छ र १३ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi