काठमाडौ, बैशाख ७
नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३६औँ वार्षिक साधारणसभा मिति २०७८ बैशाख ४ गते शनिबार, विद्यमान कोभिड १९ को प्रकोपलाई मध्यनजर गर्दै भौतिक तथा अभौतिक रुपमा सदस्यहरुको सहभागीतामा सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल राष्ट्र बैंकका गर्भनर सिए महाप्रसाद अधिकारी को विशिष्ट आतिथ्यतामा सम्पन्न साधारण सभाले, संघियताको मर्म अनुरुप संघको संगठनात्मक संरचना तथा महिला समावेशिकरण सुनिश्चितता सहित सर्वसम्मत्त रुपमा विधान संशोधन पारीत समेत गरेको छ ।
साधारणसभामा बोल्दै प्रमुख अतिथि मन्त्री कृष्णगोपाल श्रेष्ठले संघको आफ्नै भवन निर्माणका लागि सहयोग गर्ने र चार्टड एकाउन्टेन्ट्स उपाधि प्राप्त विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रदान गर्ने सम्बन्धमा रहेका द्धिविधाहरुको छिटो समाधानका लागि आवश्यक पहल लिने समेत प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर सिए महाप्रसाद अधिकारी र ५० वर्र्षभन्दा बढि चार्टड एकाउन्टेन्ट्स प्रोफेसनमा योगदान पु¥याएबापत सिए टि.आर. उपाध्यायलाई सम्मान गरिएको थियो । साथै कार्यक्रमका विशिष्ट अतिथि, नेपाल राष्ट्र बैंकका गर्भनर तथा संघका पूर्वमहासचिव सिए महाप्रसाद अधिकारीले आर्थिक रुपान्तरणका लागि सिएहरुको योगदान अतुलनिय रहने बताए । साथै उनले नेपाल राष्ट्र बैंकमा समेत सिएहरुको कार्यसम्पादन क्षमता तथा माग उच्च रहेको बताए ।
उक्त कार्यक्रममा आइक्यान अध्यक्ष मदनकृष्ण शर्मा, महालेखा परीक्षक माननिय टंकमणी शर्मा, वरिष्ठ चार्टड एकाउन्टेन्ट्स टिआर उपाध्याय लगायतले एक्यानको गतिविधि सम्बन्धमा आफ्नो विचार राखेका थिए । आनन्द शर्माले अध्यक्षता गर्नुभएको कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन सिभिरा लामा रुइत, र बन्दसत्रको सञ्चालन तेजप्रसाद सुवेदीले गर्नुभएको थियो भने रमेश धितालले सम्पूर्ण सहभागी सदस्यलाई धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए ।