neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • तामाकोसी जलविद्युत आयोजनाले जेठ २ बाट बिद्युत उत्पादन गर्ने, १२ गते ड्याममा पानी भर्ने

तामाकोसी जलविद्युत आयोजनाले जेठ २ बाट बिद्युत उत्पादन गर्ने, १२ गते ड्याममा पानी भर्ने

Apr 20th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, वैशाख ७

दोलखामा निर्माणाधिन अवस्थामा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले जेठ २ गतेबाट विद्युत उत्पादन थाल्ने भएको छ ।

६ वटा युनिटमध्ये ७६ मेगावाटको एउटा युनिट बाट जेठ र अन्य बाँकि छ वटा युनिटबाट आउँदो साउनसम्ममा बिद्युत उत्पादन थाल्ने आयोजनाको तयारी छ ।

विद्युत उत्पादनका लागि आगामी बैशाख १२ गतेबाट ड्याममा पानी भर्न सुरु गर्ने र बिस्तारै सुरुङमा पानी पठाइने भएको छ । २० गतेसम्ममा सुरुङ र पेनस्टक पाइपमा पानी पठाउँदा समस्या भएको वा नभएको जानकारी हुनेछ ।

त्यसपछि बैशाख अन्तिमसम्ममा टर्वाइन घुमाएर हेर्ने र जेठ देखि नियमित उत्पादन थालिने भएको छ ।

तर अझैपनि ट्याक्सम्याकाले पेनस्टक पाइपका लागि ल्याउनुपर्ने भल्भ भने ल्याइसकेको छैन । नेपाल भारत सिमामा आइसकेको भारतीय कम्पनी ट्याक्सम्याकाले जनाएकोछ । पेनस्टक पाइपमा भल्भ जडान र पेनस्टकमै पनि केहि ओल्डीङको काम बाँकि छ ।

पेनस्टक पाइप जडान र भल्भ जडान बैशाख १० सम्ममा सकिने बिद्युत प्राधिकरण बताउँछ ।

२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन,हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।

भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर लगायतले आयोजनाको निर्माणमा केही ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ ।

लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो ।

आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ ।

यही पूर्वाधारलाई प्रयोग गरी तामाकोसी नदी बेसिनमा पर्ने विभिन्न खोलामा माथिल्लो तामाकोसी बाहेक सानाठुला गरी करिब ७ सय मेगावाट जम्मा क्षमता बराबरका २१ जलविद्युत आयोजनाहरु अगाडि बढेका छन् । आयोजनाले सडक बनाइदिएपछि दोलखाको उत्तरी क्षेत्रमा पर्ने साबिकका २० गाविसका जनतालाई आवतजावत सहज भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi