neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न

सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न

Apr 20th, 2021

काठमाडौं, बैशाख ७

चैते दशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा बैशाख ७ गते सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गर्नुभएको उक्त निशान तथा मौलो पुजामा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट मौलो परिक्रमा गरिएको थियो । बिहान ८ बजेर ४१ मिनेटको पुजाको संकल्प साइतमा गरिएको सो पुजामा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल नेपालको निशानमा पञ्जाछाप लगाए ।

सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले चैतेदशैंको अवसरमा महानवमीको दिन हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले मौलोपुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार समेत प्रदान गर्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत एपीएफ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi