काठमाडौ, बैशाख ७
अजोड इन्स्योरेन्स कम्पनीले तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले बैशाख सात गते मंगलबार बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
कम्पनीले २०७७ फाल्गुण मसान्तसम्म प्रधान कार्यालय लगायत सात वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारण भएको बन्दाबन्दीले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७६/०७७ मा कुल बीमाशुल्क ८८ करोड ४३ लाख १७ हजार दूई सय १८ रुपैयाँ संकलन गरि चार करोड ५६ लाख ३४ हजार छ सय ७१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ ।
कम्पनीको बीमा कोषमा छ करोड २३ लाख ७२ हजार छ सय ५२ रुपैयाँ संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा एक सय १३ दसमलव १३ प्रतिसत र खुद नाफामा दुुई सय ४७ दसमलव ३९ र एवं बीमाकोषमा एक सय चार दसमलव आठ प्रतिसतले वृद्धि हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीले बार्षिक साधारण सभा मार्फत संचालक समितिको तर्फवाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७६।०७७ को तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरि सो लाई पारित गरेको छ ।