neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

वन सचिव डा ओलीको बिदाइ

Apr 20th, 2021

काठमाडौँ, ७ वैशाख /रासस

निजामती सेवाको आफ्नो ३० वर्षे सेवावधि पूरा गरी आज अनिवार्य अवकाश पाउनुभएका वन तथा वातावरण सचिव डा विश्वनाथ ओलीलाई आज मन्त्रालयमा बिदाइ गरिएको छ । वनमन्त्री प्रेमबहादुर आलेले डा ओलीलाई बिदाइ गर्दै उहाँ एक विज्ञ तथा मन्त्रालयका लागि योग्य व्यक्ति भएकाले मन्त्रालयलाई उहाँको आवश्यकता सधैँ पर्ने बताउनुभयो ।

सेवानिवृत्त डा ओलीले निजामती सेवामा प्रवेश गरेपछि आफूले विद्यावारिधिसम्म गर्न पाएको र राष्ट्र, राष्ट्रियता तथा नेपाली नागरिकका लागि उल्लेख्य योगदान गरेको बताउनुभयो । आफ्नो सेवावधि पूरा गर्नुभएका वन मन्त्रालयका उपसचिव श्रीकृष्ण वस्ती र चालक विदुर गौतमलाई पनि आजै बिदाइ गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi