neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लिड्ससँग बराबरीमा रोकियो लिभरपुल

Apr 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ७ वैशाख

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल लिड्स युनाईटेडसँग बराबरीमा रोकिएको छ ।सोमबार राति भएको खेलमा लिभरपुललाई लिड्स युनाईटेडले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा लिभरपुलको लागि साडियो मानेले एक गोल गरे भने लिड्सको लागि डिएगो लोरेन्टेले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता लिभरपुलले लिएको थियो । खेलको ३१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा १-० ले अघि बढाएका थिए।

तर, दोस्रो हाफको ८७ औं मिनेटमा लिड्सका डिएगो लोरेन्टेले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै लिभरपुलले ३२ खेलबाट ५३ अंक जोडेको छ र छैटौं स्थानमा छ । लिड्सको ४६ अंक छ र तालिकाको दशौँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi