neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कोका–कोला र नेपाली सेनाले हिमाल सफाई अभियान २०७८ को लागि साझेदारी

कोका–कोला र नेपाली सेनाले हिमाल सफाई अभियान २०७८ को लागि साझेदारी

Apr 18th, 2021

काठमाडौ, बैशाख ५

कोका–कोलाको दीर्घकालिन साझेदार कोका–कोला र हिमालयनक्लाइमेट इनिसिएटिभ (एचसीआई) ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेको छ । हिमालयन क्षेत्रलाई सफा राख्न शुरु गरिएको यो राष्ट्रिय सफाई कार्यव्रmमको दोस्रो संस्करण हो। यो मल्टि स्टेक होल्डर कार्यव्रmमले हिमालहरुलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कमगर्ने र ६ वटा चुचुरा सगरमाथा, लोट्से, मकालु, धौलागिरी, पुमोरी र आमा दब्लम लाई सफा गर्ने उद्येश्य राखेको छ ।

हिमाल सफाई अभियान २०७८ का मिडिया को अर्डिनेटर लेफ्टिनेन्टकर्नेल दिपक भण्डारीले भने, “हामी खुशी छौँ कि कोका–कोलाको प्रणालीले नेपाली सेना र नेपाल सरकारले देशको गौरवशाली हिमालहरु सफागर्नका लागि गरेको प्रयासलाई समर्थन गरिरहेको छ । हाम्रो लक्ष्य भनेको हिमालको महिमा बहाल गर्न चुचुरोबाट सकेसम्म धेरै फोहोर उठाउनु हो । थपरुपमा, हामी समुदायहरु र साझेदारहरुसँग हिमालहरु सफा राख्नको लागि जागरुकता बढाउनको लागि संलग्न छौँ किनकि हामीलाई थाहा छ व्यवहार परिवर्तन गर्न शिक्षाको कत्ति महत्वपूर्ण भूमिका हुन्छ ।”

वि. सं.२०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोका–कोला र धेरै सरोकारवालाहरुले सफलतापूर्वक पहिलो पटक “सगरमाथा हिमाल सफाई अभियान २०७६” नामक पहिलो हिमाल सफाई अभियान सञ्चालन गरेका थिए । यस अभियानको माध्यमबाट सगरमाथाबाट ४८९२ किलो फोहोर र सगरमाथा बेस क्याम्पबाट ५६९४ किलोको फोहोर संकलन गरिएको थियो ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डे ले भने “हिमालय क्षेत्रको चुचुरो सफा गर्ने यस जरुरी कामका लागि समान विचारधाराका साझेदारहरुलाई एकजुट गराउने नेपाली सेनाको प्रयासको हामी प्रशंसा गर्दछौँ । अनुकरणीय संयुक्त प्रयासको हिस्सा हुनपाएकोमा हामी सम्मानित छौँ । । नेपालको गौरवलाई कायम राख्न सफाई अभियानको नेतृत्वलिने टोली लिडर र सदस्यहरुलाई धेरै धेरै अग्रिम शुभकामना पनि व्यक्त गर्न चाहन्छुँ । यस कार्यव्रmमले विभिन्न सरकारी, गैर–नाफामुलक संस्था र निजी क्षेत्रका कम्पनीहरुको लागि वातावरणको संरक्षणमा कामगर्ने र नेपालको प्राकृतिक गौरव र सौन्दर्य संरक्षणमा साझा चाँसो राख्ने प्लेटफर्म स्थापना गरेको छ ।

नेपालका कोका–कोलाकम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “हाम्रो ग्लोबल “वल्र्ड विथ आउट वेस्ट”लक्ष्य भनेको सन् २०३० सम्ममा हामीले बेची सकेको हरेक बोतल रिसाइकल गर्नु हो । हामी फराकिलो सम्बोधनमा आफ्नोे भूमिका खेल्न प्रतिबद्ध छौँ । प्लास्टिक फोहोर चुनौती र हिमाली सफाई अभियानमार्फत हामी नेपाललाई स्वच्छ राख्ने छौँ भन्ने आशा राख्दछौ”ँ।

सन् २०१८ मा कोका–कोलाले २०३० सम्ममा उत्पादन गर्ने सबै बोतलर क्यानहरुको बराबरी र रिसाइकल गर्ने उद्येश्यले विश्वव्यापी रुपमा वल्र्ड विथआउट वेष्टको घोषणा गरेको थियो । ग्लोबल भिजनको समर्थनमा नेपालमा कोका–कोलाले धेरै रिसाइक्लिंग इनिसिएटिभहरु पहल गरिसकेको छ । आगामी दशकमा नगरभित्र, रिसाइक्लर साथी र रिफ्रेस र रिसाईकलका विभिन्न परियोजनाहरु मार्फत “वल्र्ड विथ आउट वेष्ट”का उद्ेश्यहरु प्राप्त गर्न कार्यहरु सञ्चालन हुनेछन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi