neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनालाई ,मेस्सीले गरे दुई गोल

स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनालाई ,मेस्सीले गरे दुई गोल

Apr 18th, 2021

आधारभूमि संवाददाता

ललितपुर, बैशाख ५

बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओलाई ४-० ले पराजित गर्दै बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल, एन्टोइन ग्रिजमान र फ्रेन्की डी जोङले एक-एक गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।बार्सिलोनाले दोस्रो हाफमा सबै गोल गरेको हो ।

दोस्रो हाफको ६० औँ मिनेटमा एन्टोइन ग्रिजमानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।त्यसको तीन मिनेटमा फ्रेन्की डी जोङले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ६८ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।त्यसपछि खेलको ७२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को सानदार जित दिलाए ।

जितसंगै बार्सिलोनाले ३१ औं पटक कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi