neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

Apr 17th, 2021

काठमाडौँ, ४ वैशाख /रासस

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपालसामु १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न पुगेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर १३६ रन बनायो ।

नेदरल्याण्डस्का लागि बासडी लिडेले सर्वाधिक ४१ रन बनाउनुभयो । यस्तै स्कट इड्रवासले ३०, कप्तान पिटर सीलारले अविजित २२, एनोनियस स्टालले अविजित २० तथा म्याक्स ओदाउदले १० रनको योगदान दिनुभयो ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र साहब आलमले समान एक÷एक विकेट लिनुभयो । नेदरल्यान्डले तेस्रो ओभरमा १२ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको थियो । सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्डसका म्याक्स ओ डोवडलाई पेभेलियन फर्काउनुभएको थियो । नेदरल्यान्डसको दोस्रो विकेट सोमपाल कामीले लिनुभएको थियो । उहाँले बेन कोपरलाई विनाकुनै रन पेभेलियन फर्काउनुभएको थियो । खेलको १४औँ ओभरको पाँचाँै बलमा नेदरल्यान्डसका रहेका इड्वार्ड साहब आलमको बलमा मैदानबाट बाहिरिनुभयो । खेलको १७औँ ओभरमा नेदरल्यान्ड्सका बास डे लिडे पेभेलियन फर्किनुभयो ।

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उद्घाटन खेलमा अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । डबल राउन्ड रोविनका आधारमा हुने उक्त प्रतियोगिता शीर्ष दुई टोली उपाधिका लागि खेल्ने छन् । फाइनल खेल यही वैशाख ११ गते हुनेछ ।

नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी र सुशन भारीलाई घरेलु मैदानमा उतारेको छ । चोटका कारण पूर्वकप्तान पारस खड्का मैदान बाहिर हुनुहुन्छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi