neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • हेटौँडामा फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि

हेटौँडामा फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि

Apr 16th, 2021

वाग्मती, ३ वैशाख /रासस

वाग्मती प्रदेश राजधानी हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट परिसरमा आज बिहान फेला परेको शङ्कास्पद वस्तु वम नभएको पुष्टि भएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले गरेको डिस्पोजको क्रममा उक्त शङ्कास्पद वस्तु बम नभई होक्स (बम जस्तै देखिने वस्तु) भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

क्याम्पसको पुरुष शौचालयभित्र बाकसजस्तो देखिने तार निस्किएको शङ्कास्पद वस्तु फेला परेपछि प्रहरी समन्वयमा नेपाली सेनाको बम डिस्पोजल टोली उक्त क्षेत्रमा पुगेको थियो । सर्वसाधारणलाई त्रसित गर्ने उद्देश्यले उक्त शङ्कास्पद वस्तु राखिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi