neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नक्कली सुन देखाई ठगी गरेको अभियोगमा पक्राउ

नक्कली सुन देखाई ठगी गरेको अभियोगमा पक्राउ

Apr 16th, 2021

काठमाडौं, बैशाख ३

विभिन्न व्यक्तिहरुलाई नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ललितपुर गोदावरी बस्ने धादिङ रुबीभ्याली गाउँपालिका–१ घर भएका ईमरान पन्तलाल तामाङ भन्ने २२ वर्षीय रबिन्द्र थापा तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङले विभिन्न व्यक्तिहरुलाई फलाममा सुनको जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१६ बनस्थलीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi