neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सांसद रावल बस्ने घरमा ढुङ्गा प्रहार गरेको अभियोगमा पक्राउ

सांसद रावल बस्ने घरमा ढुङ्गा प्रहार गरेको अभियोगमा पक्राउ

Apr 16th, 2021

काठमाडौ, बैशाख ३

काठमाडौं महानरगपालिका–३१ कारेश्वर मन्दिर नजिक सांसद झपट बहादुर रावल बस्ने घरमा ढुङ्गा प्रहार गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने रामेछाप गोकुल गाउँपालिका–१ घर भएका २२ वर्षीय मनोज तामाङ र ललितपुर इमाडोल बस्ने पाँचथर फिदिम नगरपालिका–१० याङ्नाम घर भएका २४ वर्षीय नसिम लिम्बु रहेका छन् ।

सांसद रावल बस्ने घरमा बुधबार राति अपरिचित व्यक्तिहरु अनाधिकृत रुपमा प्रवेश गरी ढुङ्गामुढा गर्ने कार्य संलग्न रही फरार रहेका उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi