काठमाडौं ४ मंसिर
मंगलबार तोलामा चार सयले बढेको सुनको भाउ बुधबार प्रतितोला एक सय रुपैयाँले बढेको छ । मंगलबार ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन बुधबार ७२ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार ८ सय कायम भएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजावी सुनको मूल्य ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य ८ सय ६५ रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।