neapl investment mega bank
  • गृहपृष्ठ
  • तामाकोसी सञ्चालनमा आउनै लाग्दा सरकारसँग छैन खपतको तयारी !

तामाकोसी सञ्चालनमा आउनै लाग्दा सरकारसँग छैन खपतको तयारी !

Apr 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, बैशाख ३

यो वर्ष माथिल्लो तामाकोसी सँगै ७ सय ५० मेगावाट बराबरको जलविद्युत आयोजना सञ्चालनम आउने देखिन्छ । यो सँगै बर्षातमा बिजुली खेर जाने वा त भारत निर्यात गर्नुपर्ने स्थिती छ ।

बिजुलीको माग खासै बढेको छैन । किनभने गत वर्ष १२ सय ६ मेगावाट उच्च डिमान्ड भएकामा यो वर्षको सोहि समयमा १४ सय ६३ मेगावाट छ । वर्षात लागेसँगै खहरे खोलामा पानीको तह बढ्ने र बिजुली बढ्नेछ । सरकारसँग नत वर्षातमा बिजुली कसरी खपत गर्ने भन्ने छ नत हिउँदमा नै भारतको बिजुली आयात नगरि स्वदेशको बिजुली कसरी प्रयोग गर्ने भन्ने नै योजना छ ।

किनभने अहिले गर्मि लागेसँगै खहरे खोलामा पानीको बहाव एकदमै कम भएको छ भने नदिमा पनि पानीको सतह कम भएको छ । अधिकांश जलविद्युत आयोजना रन अफ दि रिभरमा आधारित भएकाले गर्दा अहिले नेपालमा खपत हुने बिजुली मध्ये ५६ प्रतिशत बिजुली भारतबाट आयात गर्नु परेको छ ।

कुलेखानी बाहेक अन्य जलाशययुक्त आयोजना सरकारले निर्माण गर्न सकेको छैन । १२ सय मेगावाटको पश्चीम सेती जलविद्युत आयोजना र ७ सय ५० मेगावाटको पश्चीम सेती जलविद्युत आयोजना चर्चामै सिमित छन् ।

यि आयोजनाका लागि सरकारले बिदेशी लगानीकर्ता पर्खिरहेको छ । तर सरकार आफैले लगानी गरेर बनाउने सोच राख्न सकेको छैन । जसका कारण यस्ता रन अफ दि रिभर आयोजनाका कारण बर्षातमा बिजुली खेर जाने र सुख्खा समयमा बिजुलीका लागि भारतको भर पर्नुपर्ने स्थिती आएको छ । यसको प्रमुख कारण भनेको राज्यको उच्च तहमा बसेकाहरुसँग दुरदर्शि योजना नहुनु ।

नेपाल विद्युत प्राधिकरणका अनुसार अहिले प्राधिकरणको माग १४ सय ६३मेगावाट छ । भारतबाट अहिले ८ सय मेगावाटको हाराहारीमा बिजुलीको आयात भइरहेको छ । यसरी आधाभन्दा बढि बिजुली भारतबाट आयात गर्नुपर्दा पनि सरकारको उच्च तहमा बस्नेहरुले भने अहिलेसम्म पनि थप जलाशययुक्त आयोजना तत्कालै अधि बढाउने सोच बनाउन सकेका छैनन् ।

दोलखामा निर्माणाधिन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले बैशाखको अन्तीम सातासम्मा पहिलो युनिटबाट बिद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । यसले बिजुृली उत्पादन सुरु गरेपनि वर्षातमा मात्रै ४ सय ५६ मेगावाट बिजुली उत्पादन हुन्छ । त्यो बाहेक अन्य समयमा ८६ मेगावाटको हाराहारीमा मात्रै बिजुली उत्पादन हुन्छ । यसो हुँदा तामाकोसी आउँर्दैमा पनि बिजुली आयात गर्नुपर्ने समस्या भने दुर हुन सक्दैन । यसका लागि सरकारसँग वर्षातमा बिजुली खपत गर्ने र हिउँदमा यहिकै आन्तरिक उत्पादनले धान्ने गरि जलाशययुक्त आयोजना निर्माण गर्ने योजना हुन जरुरी छ ।