neapl investment mega bank
  • गृहपृष्ठ
  • बालकोटमा किन चल्दैन नेपाल टेलिकमको ल्यान्ड लाइन

बालकोटमा किन चल्दैन नेपाल टेलिकमको ल्यान्ड लाइन

Apr 15th, 2021

बैशाख २, भक्तपुर

भक्तपुरको बालकोटमा करीब एक महिना देखि नेपाल टेलिकमको ल्यान्ड लाइन चल्न छोडको छ । एक सेवाग्राहीले भने, २ पटक १९८ मा आफ्नो कम्प्लेन गर्दा धन्यवाद तपाईको कम्प्लेन लिस्टमा दर्ता भयो भनी ढुक्क बस्यो तर नेपाल टेलिकमबाट न त फोन आयो नत मर्मत नै भयो । उजुरी गर्दा पनि सुनुवाई नभएपछि नेपाल टेलिकमको गठ्ठाघरमा स्थित कार्यालयमा गई उजुरी गराउँदा समेत कुनै कल तथा मर्मतको लागि चासो नदेखाइएपछि ती ग्राहक निरास बनेका छन् ।

के यो टेलिकमको ज्यादती होइन ? ग्राहकलाई दुःख दिने समय भएपछि लाईन काट्ने, सेवा उपलब्ध नगाराई शुल्क लिने जस्ता कार्य भएकोमा उनले गुनासो गरेका छन् ।