neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चेल्सी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

चेल्सी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

Apr 14th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, बैशाख १

चेल्सी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा चेल्सी पोर्टोसँग १-० ले पराजित भएको हो ।तर, समग्रमा २-१ को जितसहित चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा चेल्सीले पोर्टोलाई २-० गोलले पराजित गरेको थियो ।चेल्सीलाई जित दिलाउन मेसन माउन्ट र बेन चिलवेलले एक-एक गोल गरेका थिए।

मंगलबार राति भएको खेलमा पोर्टोलाई जित दिलाउन मेहदी तारेमीले निर्णायक गोल गरे । मेहदी तारेमीले दोस्रो हाफको इन्जुरी समयमा सो गोल गरेका हुन् ।

जितसँगै चेल्सी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi