neapl investment mega bank
  • गृहपृष्ठ
  • एक्सेल डेभलपमेन्ट बैंकको सेयर बिक्री प्रर्वन्धकमा एनआईबिएल एस क्यापिटल

एक्सेल डेभलपमेन्ट बैंकको सेयर बिक्री प्रर्वन्धकमा एनआईबिएल एस क्यापिटल

Apr 13th, 2021

काठमाडौ, चैत ३१

एक्सेल डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशतह कप्रदका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले गत असार १४ गते सम्पन्न गरेको आफ्नो १४ औँ वार्षिक साधारण सभाबाट हकप्रद निष्काशनको अजेन्डा अनुमोदन गरेको थियो । बैंकले १० बराबर तीनको अनुपातमा हकप्रद निष्काशनको अजेन्डा पारित गरेको छ । यो हकप्रद एक सय अंकित दरको सेयर पुंजी २४ करोड ३३ लाख ३६ हजार तीन सय ६७ रुपैयाँ ४२ पैसा बराबरको हुुने छ । जसअनुसार बैंकले २४ लाख ३३ हजार तीन सय ६३ दसमलव ६७ कित्ता हकप्रद सेयर जारी गर्ने छ ।

नियुक्ती सम्वन्धी एक्सेल डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेकाछन ।