काठमाडौ, चैत ३१
एनएमबि बैंकले आफ्ना ग्राहक केन्द्रित नयाँ योजना प्रस्तुत गर्ने दीर्घकालीन रणनीति अवलम्बन गर्दै विभिन्न ब्राण्डेड स्टोरहरुमा सामान खरीद गर्दा १५ प्रतिसतसम्म छुट प्रदान गर्ने विषयमा दराजसंग द्विपक्षीय समझदारी भएको जनाएको छ । उक्त छुटहरुको लागी बैंकले दराजसंग सहकार्य गरेको छ । जसमा एनएमबिका डेविट कार्ड धारक ग्राहकहरुले दराज एपबाट सामान खरीद गर्दा १५ प्रतिसत वा एक हजार रुपैयाँसम्म र क्रेडिट कार्ड धारक ग्राहकहरुले २० प्रतिसत वा १५ सय रुपैयाँसम्म छुट पाउनेछन् ।
हालको प्रदुषण र कोभिडको परिवेशलाई समेत मध्यनजर गदै बैंकले भिसा कार्ड प्रयोगकर्ताको संख्या उल्लेख्य बृद्धि गर्ने तथा समुदाय स्तरमा सर्वसाधारण सबैले मुलधारको बैंकिङ्ग महशुस गराउने माध्यमको रुपमा आफुलाई उभ्याएको छ । बैंकले निकट भविष्यमा विभिन्न थप ब्राण्डहरु संग सहकार्य गदै लैजाने जनाएको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाई र एनएमबी भिसा डिसकाउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।
बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।