neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सेभिल्लाको कठिनाई जित

Apr 13th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, चैत ३१


स्पेनिस ला लिगा फुटबलमा सेभिलाले कठिनाई जित निकालेको छ ।सोमबार राति भएको खेलमा सेभिल्लाले सेल्टा भिगोलाई ४-३ गोलले पराजित गरेको हो ।

सेभिल्लालाई जित दिलाउन जुल्स कौंडे,फर्नान्डो,इवान राकिटिक र अलेजेन्ड्रो डारो गोमेजले एक-एक गोल गरे । सेल्टा भिगोका इगो एस्पासले दुई गोल र ब्राइस मन्डेजले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता सेभिल्लाले लिएको थियो । खेलको सातौं मिनेटमा जुल्स कौंडेले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए। तर ,खेलको २० औं मिनेटमा सेल्टा भिगोका इगो एस्पासले पेनाल्टीमा गोल गर्दै खेल बराबरिमा फर्काए ।

खेलको २३ औं मिनेटमा इगो एस्पासले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।तर,खेलको ३५ औं मिनेटमा सेभिल्लाका फर्नान्डोले गोल गर्दै खेल दुई- दुई को बराबरिमा फर्काए ।

खेलको ४३ औं मिनेटमा सेल्टा भिगोका ब्राइस मन्डेजले टोलीलाई ३-२ ले अघि बढाए।

दोस्रो हाफको ६० औं मिनेटमा सेभिल्लाका इवान राकिटिकले गोल गर्दै खेल तीन-तीन को बराबरिमा फर्काए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा सेभिल्लाका अलेजेन्ड्रो गोमेजले गोल गर्दै टोलीलाई ४-३ को जित दिलाए ।

जितसंगै सेभिल्लाले ३० खेलबाट ६१ अंक जोडेको छ र चौंथो स्थानमा छ । पराजित सेल्टा भिगोको ३० खेलबाट ३७ अंक छ र १० औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi