neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • परिचयपत्रका लागि सात हजार बढीको विवरण दर्ता

परिचयपत्रका लागि सात हजार बढीको विवरण दर्ता

Apr 12th, 2021

डोटी, ३० चैत /रासस

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सात हजार ६४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन् । यही चैत १ गतेदेखि गाउँपालिकाका सातवटै वडा कार्यालयमा लगत सङ्कलनका लागि आवेदन माग गरिएको थियो । वडा नं १ खिरसैनमा ९४३, वडा नं २ बगलेकमा ९१४, वडा नं ३ गैरागाउँमा ९६८, वडा नं ४ सानागाउँमा ९९६, वडा नं ५ काडमाडौँमा एक हजार ४९२, वडा नंं ६ गाँजरीमा एक हजार ७२ र वडा नं ७ पोखरीमा एक हजार २६३ गरी कूल सात हजार ६४८ ले राष्ट्रिय परिचयका लागि नाम दर्ता गरेको गाउँपालिका सूचना अधिकारी हरिभक्त साउँदले जानकारी दिनुभयो ।

सबैभन्दा बढी वडा नं ५ काठमाडौँमा एक हजार ४९२ र सबैभन्दा कम वडा नं २ बगलेकमा ९१४ ले नाम दर्ता गराएका छन् । यो अभियानमा १६ दर्ता अपरेटर, सात वडा सचिव र १२ जना फाराम भर्ने सहायक कर्मचारीको संलग्न रहेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi