neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको इन्टर मिलानलाई ११ अंकको अग्रता

शीर्ष स्थानको इन्टर मिलानलाई ११ अंकको अग्रता

Apr 12th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, चैत ३०

इटालियन सिरि ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले ११ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा इन्टर मिलानले कग्लिअरिलाई १-० गोलले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन मट्टेओ डर्मियनले गरेको गोल नै निर्णायक बन्न पुग्यो । मट्टेओ डर्मियनले खेलको ७७ औं मिनेटमा सो गोल गरेका हुन् ।

जितसँगै मिलानले ३० खेलबाट ७४ अंक जोडेको छ र शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ ।पराजित कग्लिअरिको ३० खेलबाट २२ अंक छ र १८ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi