neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

इटालियन सिरी ए: युभेन्ट्सको सहज जित

Apr 12th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, चैत ३०

इटालियन सिरी (ए) फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले गेनोआलाई ३-१ गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन देजन कुलुसेभस्की ,एल्वारो मोराटा र वेस्टन म्याकेनीले एक-एक गोल गरे ।गेनोआका जियानलुका स्कामाक्काले एक गोल फर्काए ।

खेलको चौथो मिनेटमा देजन कुलुसेभस्कीले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए। २२ औँ मिनेटमा एल्वारो मोराटाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

खेलको ४९ औँ मिनेटमा गेनोआका जियानलुका स्कामाक्काले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ७० औं मिनेटमा युभेन्ट्सका वेस्टन म्याकेनीले गोल गर्दै टोलीलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै युभेन्ट्सले २० खेलबाट ६२ अंक जोडेको छ र तेस्रो स्थानमा छ । पराजित गेनोआको ३० खेलबाट ३२ अंक छ र १३ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi