neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

म्यानचेस्टर युनाईटेडको सहज जित

Apr 12th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, चैत ३०

म्यानचेस्टर युनाईटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा युनाईटेडले टोटनह्यामलाई ३-१ गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन फ्रेड,एडिनसन कावानी र मेसन ग्रीनवुडले एक-एक गोल गरे ।टोटनह्यामको सन हिउन मिनेले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता भने टोटनह्यामले लिएको थियो। खेलको ४० औं मिनेटमा सन हिउन मिनेले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर, दोस्रो हाफको ५७ औं मिनेटमा युनाईटेडका फ्रेडले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ७९ औं मिनेटमा एडिनसन कावानीले गोल गर्दै युनाईटेडलाई २-१ ले अघि बढाए।

त्यसपछि इन्जुरी समयमा मेसन ग्रीनवुडले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसंगै म्यानचेस्टर युनाईटेडले ३१ खेलबाट ६३ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित टोटनह्यामको ४९ अंक छ र सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi