काठमाडौं, चैत २९
छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमा तीव्र बजार विस्तार गरेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना नयाँ प्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण गरेको छ । रियलमीले टीयुभी रियनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको चक्रीय अनुभवमा आधारित र हिसांयुक्त रुपमा टीयुभी रियनल्याण्ड उच्चविश्वसनीय गुणस्तरको स्मार्टफोन प्रमाणपत्र निर्धारण गरेको हो । उक्त प्रमाणपत्र पाउने पहिलो मोबाइल फोन रियलमी सी २१/२५ बनेको छ ।
रियलमीले टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड मानक निर्धारण
रियलमीले टीयुभी रियनल्याण्डसँग गुणस्तर नियन्त्रण प्रक्रियालाई उपल्लो चरणमा पुगाउने उद्देश्यका साथ उच्चविश्वसनीय प्रमाणपत्रका लागि काम गरिरहेको छ । रियलमी नै उच्चविश्वसनीय टीयुभी रियनल्याण्ड प्रमाणपत्र पाउने विश्वको पहिलो स्मार्टफोन ब्राण्ड बनेको छ । यसले गुणस्तर स्टान्डर्ड मानक निर्धारणका लागि गुणस्तर नियन्त्रण र सबै स्मार्टफोनको पूर्ण परिक्षण गर्दछ ।
टीयुभी रियनल्याण्ड गुणस्तर प्रमाणपत्र
रियलमी र टीयुभी रियनल्याण्ड कम्पनीले संयुक्त रुपमा ८ महिनासम्म विस्तृत अध्ययन गरे पश्चात् टीयुभी रियनल्याण्ड उच्चविश्वसनीय स्मार्ट फोन प्रमाणपत्रकारुपमा निर्धारण गरेको हो, जसले विश्वका ठूला स्मार्टफोन उद्योगमा गुणस्तर मानककोरुपमा काम गर्ने प्रक्षेपण गरिएको छ ।
टीयुभी रियनल्याण्ड उच्च गुणस्तरीय स्मार्टफोन प्रमाणपत्रले स्मार्टफोनका मुख्य २३ वटा जाँचको प्रक्रिया समेत्दछ, जसअन्तर्गत १० परीक्षण दैनिक प्रयोग परिस्थितिहरु जस्तै खस्ने, टिकाउपन र टुटफुट सहित तापक्रम, आद्रता, भोल्टेज उतारचढाव, हावाको चाप, बटन लाइफ, स्थिर बिजुली गरी ७ चरम वातावरणीय परिदृश्यहरुमा आधारित परिक्षण र ६ वटा पुर्जाको विश्वसनीयतामा आधारित परिक्षण हुन्छन् ।
निकट भविष्यमा पूर्ण स्वचालित स्मार्ट कारखानाको लक्ष्य
उच्च गुणस्तरीय उत्पादनका लागि प्रमुख विशेषता स्थिरता हो । रियलमीले निकट भविष्यमै पूर्ण स्वचालित स्मार्ट कारखानाको लक्ष्य राखि सोही अनुसार लगानी गरिरहेको छ । यसबाट स्मार्ट फोनको जटिल उत्पादन प्रक्रियाको दक्षता र शुद्धतामा सुधार गर्न सकिने विश्वास कम्पनीको छ । एउटा उदाहरण स्वरुप एसएमटी उत्पादनलाइनमा स्वचातिल उत्पादन हुने गर्छ, जहाँ उक्त यन्त्रबाट पीसीबी मदरबोर्डमा पुर्जाहरु आफै जिम्मेदारी पूर्वक जडान गरिन्छ । तत्काल सञ्चालनमा आइरहेको उक्त उद्योगको स्वचालन दर ८७.५ प्र्रतिशतसम्म रहेको छ, जुनकम्पनीको उद्योग स्टान्डर्ड भन्दा उच्च हो । वर्तमानमा रियलमीको उक्तस्वचालित स्मार्ट कारखानाले प्रतिवर्ष ६ करोड उपकरणहरुको उत्पादन गर्दै आएको छ ।
उच्च गुणस्तरीय डिजाइन
रियलमी उच्च गुणस्तरीय उत्पादनमा विश्वास गर्दछ, जसकारण हो शुरुवाती दिनदेखि हालसम्म कम्पनीले डिजाइनलाई उत्कृष्ट बनाउनकुनै कसर बाँकी राखेको छैन । धेरैले विश्वास गरिसकेको कुरा हो कि रियलमी नै ट्रेन्डसेटिङ डिजाइन निर्माता कम्पनीका रुपमा स्थापित भइसकेको छ, रियलमीले यसका लागि उत्कृष्ट र नयाँ प्रविधिको प्रयोग गर्दै आएको छ । रियलमीले एकैसाथ गुणस्तर प्राथमिकताका साथ ट्रेन्डसेटिङ डिजाइन निर्माणलाई जोड दिने गरेको छ । रियलमी कुनै उत्पादनको डिजाइनमा काम गरिरहँदा विशेष प्राथमिकताका साथ काम गर्दछ । रियलमीका हरेक उत्पादन ट्रेन्ड सेटिङ डिजाइनकारुपमा बजारमा पुगुन् र नयाँ प्रविधिका साथउत्कृष्ट गुणस्तरका रुपमा काम गरिरहेकोमा विश्वस्त पार्दछ ।
गुणस्तर नियन्त्रक टोलीसँगखराब उत्पादन अस्वीकार गर्न सक्ने विशेषा धिकार
कारखानामा स्मार्टफोन डिजाइन गर्ने प्रक्रियाका क्रममा डिजाइन, विकास र परिक्षण सहितका विभिन्न ६ वटा चरण हुन्छन् । उक्त हरेक चरणमा उत्पादनकोे गुणस्तरीयता जाँचका लागि गुणस्तर नियन्त्रक टोलीको उपस्थिति रहने गरेको छ ।
कुनै पनि समयमायदि गुणस्तर मापदण्डसँग नमिलेमा उक्त टोलीसँग सिधै उत्पादन अस्वीकार गर्ने विशेष अधिकार रहेको हुन्छ । उक्त समूहले अस्वीकार गरेपछि उत्पादन पुन नयाँ डिजाइन अनुरुप गर्नुपर्ने हुन्छ ।
डिजिटल प्रयोगका लागि गुणस्तरीय डिजाइन
युवा पिढीको प्रयोग विधि जस्तै यात्रा र कठोर बाह्य खेलकुद लगायतका परिदृश्यलाई प्राथमिकताका साथ मध्यनजर गर्दै रियलमीले वातावरणीय अवस्था अन्तरगत थुपै्र कडा परिक्षणहरु गर्ने गरेको छ । स्केट बोडिङ र पार्कआवर जस्ता लोकप्रिय बाह्य खेलमा फोन खस्ने दुर्घटनाक्रम प्रतिरोध गर्न मोबाइल फोन १.८ मिटरसम्मको उचाइबाट खस्दा विभिन्न साइडबाट सुरक्षाका लागि विशेष आक्रामक जाँचहरु गरिएको छ । यात्राअन्तरगत बाह्य वातावरणीय तापक्रम माइन्स ४० डिग्री सेल्सियसदेखि ७५ डिग्री सेल्सियससम्म पनि रियलमीको उत्पादनको क्षमतामा कुनै ह्रास नआई चलिरहन्छ ।