काठमाडौ, चैत २९
नबिल बैंकले नबिल जेन एन एकाउन्ट सञ्चालनमा ल्याएको छ । बैंकले सम्पूर्ण देशनै कोरोनँको कहरमा गुज्रिरहेको अवस्थामा आफ्ना ग्राहकवर्गको माग तथा समय साप्यक्ष सेवादिने हेतुले नबिल जेन एन एकाउन्ट सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
बैंकका अनुसार नबिल जेन एन एकाउन्ट नया“ सोच र नया“ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको हो । यो योजनाले डिजिटल बैंकिङ्गमा नया“ युगको सुरुवात गरिएको नबिल बैंक बिश्वस्त छ । यसमा एन एनटिसी, एनसेल दुुई जिबी डाटा प्याकेजको विशेष सुविधाका साथै थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको छ ।
हाम्रो यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुुक्की खाता खोलेर यसबाट फाईदा लिन बैंकले आग्रह गरेको छ । साथै कोरोनाको असहज परिस्थितिका बावजुद यो बचत खाता संचालनमा आएको एक वर्ष नपुग्दै एक लाख भन्दा बढी ग्राहकहरुलाई समाहित गर्न पाउ“दा हामी गौरवान्वित छौ, बैकले भनेको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिलरेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाकोरुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।